आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु नपर्ने

  Sampatti News Online

April 20, 2023

काठमाडौँ । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्य ग्रहणको दोष नेपालीलाई लाग्दैन।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । समितिका अनुसार वैशाख ७ गते लाग्ने सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिने छ ।

प्रकाशित मिति:April 20, 2023