पोखराको नया बिमानस्थलमा रात्रीकालिन उडान सुरु !

  Sampatti News Online

April 21, 2023

पाेखरा । बिहिबार पोखरामा पहिलो पटक रातको समयमा पनि विमान अवतरण भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको महिना दिनपछि पोखराले रात्रीकालिन उडान सुरु गरेको हो । रात्रीकालिन उडान सुरु भएपछि बुद्ध एयरले एकै रात ४ जहाज अवतरण गरायो । पहिलो जहाज भैरहवादेखी आयो । दोस्रो जहाज काठमाडौंदेखी आयो । त्यहि विमानमा स्पेनको बार्सिलोना सहरदेखी गोविन्द तिमिल्सिना पोखरा आए । बार्सिलोनाबाट काठमाडौं आउने वित्तिकै रात्रिकालिन उडानको टिकट काटी पोखरा आए । उनी विदेशबाट पोखरा आउने पहिलो याुत्र समेत बने । जुन कुरा उनले पोखरा अवतरण गरेपछि मात्रै थाहा पाए । ‘रात्रीकालिन उडान पहिलो भन्ने थाहा थिएन । काठमाण्डौंबाट मात्र होइन म आज ( बिहिबार) नै विदेशबाट आउँदै छु । त्यो भएर पनि मलाई थाहा भएन । पोखरा आएपछि मात्रै थाहा भयो’ उनले भने,‘ बार्सिलोनाबाट आएको हुँ । आफ्नो जन्मभूमीमा अवतरण गर्ने पहिलो यात्रुको सूचिमा पर्नु मेरो लागि गौरवको कुरा पनि हो ।’

सोही विमानमा पोखरा आएका नेपाल उड्डयन प्राधिकरण निर्देशक तथा राष्ट्रिय गौरव आयोजना निर्देशक समेत रहेका बाबुराम पौडेलले पोखरामा रात्रीकालिन उडानका लागि डिजाइन भएको बताए । उनले सन् १९५८ देखी पोखरामा जहाज चलेपनि रात्रीकालिन उडान नभएको बताए |

उनले अब २४ सै घण्टा उडान गर्न सकिने भएपनि अहिले १८ घण्टामात्र उडान गरिने बताए । उनले इस्टिमेट ल्याण्डिङ सिस्टम अनुसार ल्याण्ड भएको बताए । यस्तै बुद्ध एयरका ग्राउन्ड अप्रेसन प्रमुख दिलिप खड्काले आफ्नो ऐतिहासिक उडान भएको बताए । उनले तत्काल देशका चार क्षेत्रबाट पोखरालाई जोड्ने काम भएको सुनाउँदै भविष्यमा विराटनगरलाई जोड्ने जानकारी दिए । उनका अनुसार अब बुद्धले पोखरामा नियमित रात्रीकालिन उडान हुने बताए । बद्धले पहिलो जहाज भैरहवाबाट पोखरामा अवतरण गराएको थियो । दोस्रो जहाज काठमाडौंबाट तेस्रो सिमराबाट पोखरा आएको हो ।

प्रकाशित मिति:April 21, 2023