ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

  Sampatti News Online

April 25, 2023

मकवानपुर । मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएका छन्।

मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति  मधेस प्रदेश०३–००१त ७१८८  नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

दुर्घटनामा मनहरि-३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको छ।

प्रकाशित मिति:April 25, 2023