लाइसेन्सको अवधि १० वर्ष बनाउदै सरकार

  Sampatti News Online

April 25, 2023

काठमाडाै‌ । सरकारले सवारी चालक अनुमति पत्र नवीकरण गर्ने समय थप गर्ने भएको छ । हरेक पाँच पाँच बर्षमा हुँदै आएको लाइसेन्स नवीकरणलाई बढाएर १० बर्षमा गरे पुग्ने व्यवस्था गरिने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रालयमा आयोजित एक कार्यक्रममा लाइसेन्स नवीकरण प्रावधान परिवर्तन गर्न लागेको बताएका हुन् ।

हाल हरेक पाँच बर्षमा सवारी चलाक अनुमति पत्र नवीकरण हुँदै आएको छ । यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै उनले लाइसेन्सका समस्या समाधान गर्ने बताए।

लाइसेन्स नवीकरण हरेक १० वर्षमा गरे पुग्ने गरी व्यवस्था गर्ने उनले बताए। ‘मन्त्री ज्वालाले भने भने, ‘स्मार्ट कार्ड ५/५ वर्षमा नवीकरण गर्दा सरकारको खर्च मात्र हुने भएकाले हरेक १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न लागेका हौँ।’

प्रकाशित मिति:April 25, 2023