निजामती सेवा विघटन गर्न सांसदको माग  

  Sampatti News Online

April 26, 2023

काठमाडौँ –  राष्ट्रिय सभा बैठकमा कर्मचारी प्रशासन विघटन गर्न माग गरिएको छ । राष्ट्रिय सभा सदस्य जीतेन्द्र देवले कर्मचारी प्रशासन विघटन गर्न माग गरेका हुन् ।

कर्मचारी प्रशासनले राष्ट्रको प्रशासनिक खर्चको ठूलो अंश ओगटेको भन्दै कर्मचारी प्रशासन विघटनको माग गरेका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दलीय क्याडर नियुक्ति नरोके भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । त्यसका लागी त्यसमा दलका नेताहरूले जिम्मेवार ढङ्गले सोच्नुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति:April 26, 2023