थारु कल्याणकारिणी सभा रौतहटको अध्यक्षमा जगरनाथ चौधरी

  Sampatti News Online

May 1, 2023

रौतहट। थारु कल्याणकारिणी सभा रौतहटको अध्यक्षमा जगरानाथ चौधरी निर्वाचन भएका छन। रौतहटको उतरीभेग चन्द्रपुर नगरपालिका बहुअरीमा सम्पन्न सभाको १० औं महाधिवेशनले जिल्ला अध्यक्षमा जगरनाथ चौधरी लाई सर्वसहमले निर्वाचीत गरेको हो।
नव गठित सभाको उपाध्यक्ष द्वय लालक चौधरी,ज्रभु चौधरी,सचिवमा प्रमोद चौधरी,सहसचिवमा राम बाबु चौधरी , कोषाध्यक्षमा महिला नेत्री ललिता चौधरी र सदस्यहरुमा नन्दलाल चौधरी,पुरनदेव चौधरी लगायत लाई निर्वाचीत गरेको छ। थारु कल्याणकारिणी सभाका निर्वाचन अधिकृत सुरेन्द्र चौधरीले एक समारोहका बीच नवनिर्वाचित कार्यसमितिलाई शपथग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष जगरणाथ चौधरी स्थानिय कतहरीया नगरपालिका बगही गाउँ निवासि हुन। समाजसेवामा सदैव सक्रिय रहने उनी शिक्षण पेसा बाट केहि महिना अघिमात्र अवकास पाएका थिए।
कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको उद्घाटनसत्रमा पुर्ब मन्त्री जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य मन्त्री गोविन्द चौधरी, गुजरा नगरपालिका का मेयर सन्तलाल चौधरी,पूर्व मन्त्री एंव प्रदेश सांसद केशव राय चौधरी,लगायतले शुकामना मन्तब्य राखेका थिए ।
रौतहटको उतरीभेग चन्द्रपुर, गुजरा, वृन्दान, फतुवा विजयपुर नगरपालिका थारू बाहूल्य क्षेत्र रहेको छ।

प्रकाशित मिति:May 1, 2023