रविलाई दलकाे नेता बनाउन संसदीय दललाई रास्वपाको निर्देशन

  Sampatti News Online

May 1, 2023

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता डा.मुकुल ढकालका अनुसार संसदीय दलको नेता लामिछाने चयन गर्ने निर्णय भएसँगै संसदीय दलले अनुमोदन गर्नेछ ।

नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो ।

प्रकाशित मिति:May 1, 2023