May 3, 2023
बिरगंज । सहरी बिकास तथा भबन बिभाग पर्सा कार्यालय अन्तर्गत रहेका योजनाहरु भटाभट कार्यान्वयनको चरणमा रहेको कार्यालय प्रमुख मदन रायले बताउनुभयो ।आर्थिक बर्ष २०७६र०७७ देखि सञ्चालन भएको गरीव दलितको लागि आवासको व्यवस्थापन गर्ने योजना जनता आवास कार्यक्रमको निरिक्षण अवलोकन गर्न रौतहटको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ५ मोतीपुरमा पुगेका निमित कार्यालय प्रमुख रायले संचारकर्मीहरु कुरा गर्दै अधुरो संरचना निर्माण र भुक्तानीको काममा फास्ट ट्रयाकमा अघि बढने योजनाको साथ आफनो टिम अहोरात्र खटिरहेको बताए ।
दलित समुदायका व्यक्तिलाई सुरक्षित आवासको व्यवस्था गराउने उदेश्यले नेपाल सरकारले ल्याएका योजना अनुसार रौतहटमा २ हजार ३ सय ५० जनालाइ घर निर्माण गर्ने कार्य बढ़ाइएको जानकारी दिदै रायले छाना हाल्ने कार्य नगरेको घरको कार्य समयमा संपन्न गराउने र रकम भुक्तानी दिनका लागि स्थलगत अनुगमन शुरू गरिएको समेत बताउनु भयो।
चालू आर्थिक बर्षमा ४५० घरको योजना रहेकोमा १३५० घर बितरण गरिएकोमा रकम अपुग भएर भुक्तानी हुन नसकेको बताए ।
कार्यालय प्रमुख रायले योजना शुरूआत भएको बर्ष देखि अहिले सम्मको घर को अवस्था निरिक्षण गरी काम अनुसारको भुक्तानी गर्ने बताएका छन् ।
रायले रौतहटमा आर्थिक वर्ष २०७६र०७७ मा १ हजार घर र आर्थिक वर्ष ०७७र०७८ मा १३५० गरी जम्मा २ हजार ३ सय ५० घर बाडिएकोमा अहिले सम्म १ हजार ५ सय ३० घर निर्माण गरी सम्वन्धित लाभग्राहीलाइ हस्तानांतरण गरिएको छ बाकि रहेको घरको कार्य अंतिम चरणमा रहेकोले छिटै निर्माण कार्य संपन्न गराई सम्वन्धित घरधनिलाइ जिम्मा लगाउने जानकारी गराए ।
चन्द्रपुर नगरपालिका ५ मा ३६ जनाको घर निर्माण गरिएको छ । घर पाए पछि ख़ुशी भएको स्थानीय श्रीपति माझी ले बताइन । उपभोक्ता समितिका अध्यक्ष मंजू माझीका अनुसार गरीवहरुले झुपड़ीमा बस्दै आएकोले जस्ता पताको घर पाए पछि हर्षित भएको छ । स्थानीय कन्न माझी,उदित माझी , दिनेश माझी ,उमेश माझी ,राजेश माझी ,राजेन्द्र माझी सहित ३६ जनाको घर ३ लाख ३६ हजारको लगतको दरले निर्माण गरिएको प्रमुख रायले जनाए ।
उपभोक्ता समितीलाई चाहिएको बेला प्राबिधिक सहित स्वयं प्रमुख राय आफै निर्माण स्थलमा पुगेर घर निर्माणमा सहयोग गरे पछि उपभोक्ता समेतलाई ठूलो सहुलियत भएको रबिन्द्र पासवानले बताए ।
जनता आवास कार्यक्रम अंतर्गत रौतहटको राजदेवी नगर पालिका ,वड़ा नम्बर १ पथरा , वड़ा नम्बर ६ राजदेवी , गौर नगरपालिका वड़ा नम्बर २ , ईशनाथ नगरपालिका वड़ा नम्बर २ औरैयामा घरहरु अधुरो रहेको कारण बसोबास गर्ने लाभग्राही पीड़ामा रहेका छन ।
निमित कार्यालय प्रमुखका अनुसार बारा जिल्लामा १९३९ घर संख्यामा १ हजार ५० घर निर्माण भई हस्तानांतरण भई सकेको र ३२७ घरको कार्य अंतिम चरणमा रहेको छ । पर्सा जिल्लामा १ हजार ७ सय १९ घर संख्यामा १ हजार १ सय ९४ घर निर्माण कार्य संपन्न भइसकेको तथा ७४६ घरको कार्य अंतिम चरणमा रहेको छ ।
कार्यालय प्रमुख रायका अनुसार घर संख्याको अवस्था अज्ञात रहेकोले खोजी कार्य जारी रहेको समेत बताएका छन ।राजनितिक दलका कार्यकर्त्ताले घर निर्माण गराउने जिम्मा लिएर अहिले सम्म घरको निर्माण हुन नसकेको सन्दर्भलाई अनुगमनको दायरामा ल्याइएको बताइन्छ।
प्रकाशित मिति:May 3, 2023
December 23, 2024