जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

  Sampatti News Online

May 4, 2023

विराटनगर । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भित्री सडक खण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १-०२-००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।

लेटाङ नगरपालिका९७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप खस्दा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् । घाइतेको धरानमा उपचार भइरहेको छ ।

मोरङ ट्राफिक प्रमुख अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जिपमा सवार लेटाङ-३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर मृत्यु भएको हो ।

प्रकाशित मिति:May 4, 2023