बाजुरामा भूकम्पको धक्का

  Sampatti News Online

May 4, 2023

बाजुरा । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो

प्रकाशित मिति:May 4, 2023