लागुऔषधसहित ५ जना पक्राउ

  Sampatti News Online

May 4, 2023

काठमाडाैं । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका-९ बस्ने २० वर्षीय विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, लुपिजेशिक ५ एम्पुल र फेनारागन ४ एम्पुलसहित झापा गौरादह नगरपालिका-७ बस्ने ३५ वर्षीय अशोक विकलाई  प्रहरीले पक्राउ गरेको छ ।

दाङकाे तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेजबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-२१ पार्वतीपुर बस्ने ३३ वर्षीय सबिन घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

 झापाकाे दमक नगरपालिका-९ बरगाछी नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ कृष्ण मन्दिर बस्ने ३० वर्षीय रोशन विश्वकर्मा र ३० वर्षीय कैलाश कुर्मी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति:May 4, 2023