यस वर्षको पहिलो चन्द्र ग्रहण आज

  Sampatti News Online

May 5, 2023

काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै याे ग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन ।

चन्द्रग्रहण तीन प्रकारका हुन्छन्, पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ । त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् । चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ ।

त्यसैले आजको चन्द्रग्रहणलाई खगोलविदहरुले विशेष मानेका छन् । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ । यसैलाई नै चन्द्र ग्रहण भनिन्छ ।

प्रकाशित मिति:May 5, 2023