रौतहटमा चोरीको मोटरसाईकल सहित ३ जना सार्वजनिक

  Sampatti News Online

May 7, 2023

रौतहट २३ वैशाख। रौतहटको उतरिभेग चन्द्रनिाहपुर स्थित ईलाका प्रहरी कार्यालयले चोरिको तिनथान मोटरसाईकल सहीत ३ जना चोर लाई सार्वजनिक गरेको छ।

पछील्लो केहीदिन भित्रै रौतहटको बिभिन्न ठाँउ बाट चोरिभएको तिनथान मोटरसाइकल बरामद गरी प्रहरिले चोरीमा संलग्न तीनजना आरोपी चोरलाई शुक्रवार साँझ सार्वजनिक गरेको हो।

ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले खोजतलास गरी बरामद गरेको मधेश प्रदेश ०२-००५ प ९४२५ नम्वरको यमहा कम्पनिको  FZ मोटरसाईकल,  ना.४६ प ६२४७ नम्वरको हिरो कम्पनिको सुपर स्पेलेण्डर मोटरसाईकल, बा.६९ प ९३६१ नम्वरको बजाज कम्पनिको २०० सि.सी.को RS मोटरसाईकल चोरीको आरोपमा तीनैजना लाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाही घर भएका वर्ष १९ को श्याम महतो, सर्लाहीकै वर्ष १९ को नजरे नदाफ र सप्तरी  घर भएका वर्ष २० को सिधार्थ महतो रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका डिएसपि एकनाराण कोईरालाले बताएका छन। मोटरसाईकल सहित पक्राउ परेका तीनैजना मानिसहरुलाई रौतहट जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गराइ अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।

प्रकाशित मिति:May 7, 2023