जंगली जनावरको कारण भैंसही र सोनारडीहका किसान समस्यामा 

  Sampatti News Online

May 8, 2023

रौतहट २५ बैशाख। जंगली जनावर ले बालीनाली सखाप गर्न थालेपछि रौतहटको फटुवा विजयपुर नगरपालिका ११ भैंसही र गुजरा नगरपालिका ५ सोनारडिहका किसान रातभरि हैरान भैरहेका  छन। 

किसानले लगाएको गहुँ,मकै, लगाएत तरकारी बाली समेत जंगली बँदेल, बाँदर लगायतका जनावरले क्षति गर्न लागेको कारण किसानहरू समस्यामा परेका हुन । भैंसहिका स्थानिय रेखा यादवले नजिकैको जंगल बाट दर्जनौंको संख्यामा आउने बाँदरले बालीनाली सखाप पार्ने गरेको बताएका छन।

ठुलो संख्यामा आउने बाँदरले बालीनालीमा साथै घरमा कोई नरहेको अवस्थामा घरभित्र प्रवेश गरेर अन्न, खानेकुरा तथा लुगा कपड़ा समेत क्षति गरीरहेको यादवले गुनासो गरेका छन। उता गुजरा ५ का पूर्व वडा अध्यक्ष समासुदिन देवानका अनूसार स्थानीय किसानले सोनारडीह ,बन बालुवा गाँउ छेउमा झन्डै ५० बिगाहा क्षेत्रफल जग्गामा गहुँ,मुसुरो,मकै तथा विभिन्न प्रकारको तरकारी बाली लगाएको छ।

गाँउ नजिकैको जंगल बाट दर्जनौंको संख्यामा आउने बाँदर तथा बँदेलले उक्त बालीमा क्षति गरिरहेका छन। ठूलो झुण्डमा आउने बाँदर र बँदेल धपाउन किसानहरू दिनभरि गुलेली लिएर खेतमा बस्नुपर्ने बाध्यता बनेको छ। त्यसैगरी बाँदर बँदेलका साथै रातिराति खेतमा आउने जंगली जनावर धपाउन किसानहरू रातभरि जाग्राम बसी राँको बालेर टीन ठटाउँदै बस्नुपरेको पूर्व वडा अध्यक्ष देवानले दुःखेसो पोखेका छन।

वर्षौदखिको किसानको समस्या समाधान गर्न डिवीजन बन कार्यालय रौतहट तथा तिनै तहका सरकारले कुनै चासो न लिएको फातुवा विजयपुर र गुजारा नगरपालिका का किसानहरूले गुनासो गरेका छन।

प्रकाशित मिति:May 8, 2023