आज पनि प्रि-बजेटबारे छलफल हुने

  Sampatti News Online

May 9, 2023

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रि–बजेटका बारेमा छलफल हुने भएको छ ।

प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार सोमबारदेखि २८ गतेसम्म सोही विषमया छलफल हुने भएको हो ।

बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल हुने र छलफलको अन्तिम दिन वैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यतालिका रहेको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आउने बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले छलफल सुरु गरेका हुन् ।

प्रकाशित मिति:May 9, 2023