करेन्ट लागेर एककाे मृत्यु

  Sampatti News Online

May 9, 2023

रामपुर नगरपालिका-५ भम्बकका ३४ वर्षीय गोविन्द कुमालको करेन्ट लागेर मृत्यु भएको छ।

घर नजिकै बारी छेउमा रहेको काब्रोको रूखमा चढेर घाँस काट्ने क्रममा आज बिहान साढे सात बजे करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनका अनुसार रूखबाट नजिकै रहेको बिजुलीको नाङ्गो तारमा अड्किएको घाँसको डालो झार्ने क्रममा अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति:May 9, 2023