प्रधानमन्त्रीद्वारा पिंगथली देवीटार सडक शिलान्यास

  Sampatti News Online

May 9, 2023

काभ्रे। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको पिंगथली रजवास भुमिचुली बुढाखानी देवीटार सडक शिलान्यास गर्नुभएको छ ।

मङ्गलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले उक्त सडकको शिलान्यास तथा नेपाल विद्युत प्राधिकण केन्द्रीय प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।

जिल्लाको विकट पालिका महाभारतको देविटार पुग्ने सडक पिंगथली रजवास भूमिचुली बुढाखानी देविटार खण्डको १७ किलोमिटर लामो सडक प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्नु भएको छ । बागमती प्रदेश सरकारले ९९ करोड रकम विनियोजन गरेको उक्त सडक ६० करोड ९६ लाखमा निर्माण सम्झौता भएको छ ।

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोक मार्फत निर्माण हुनेछ । १७ किमी सडक निर्माणका लागि ६० करोड ९६ लाख ७१ हजार ६ सय १९ रुपैयाँको लागतमा सम्झौता भएको छ ।

प्रकाशित मिति:May 9, 2023