प्रतिनिधिसभामा सांसदहरूको नाराबाजी

  Sampatti News Online

May 10, 2023

काठमाडौँ — प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । ‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसद दिपक सिंहले प्रश्न गरे ।

बैठकको सुरूमै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने समय मागेका थिए । तर सभामुख देवराज घिमिरेले बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि राप्रपाका सांसदहरूले विरोध जनाएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति:May 10, 2023