आगो निभाउने क्रममा जलेर ४ जनाको मृत्यु

  Sampatti News Online

May 10, 2023

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम बेल्बासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको भुमिस्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए।

घाइते मध्ये २ जनालाई पाल्पाको मिसन अस्पतालबाट काठमाडौं लैजाँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको उनले जनाए। मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्बासे र ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

५२ वर्षीय घनश्याम बेल्बासे र ३६ वर्षीय माधव बेल्बासेको कीर्तिपुर अस्पतालमा बुधबार बिहान ७ बजे मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति:May 10, 2023