फरार टोपबहादुर रायमाझीले विरामी भएको संसद सचिवालयमा जानकारी

  Sampatti News Online

May 10, 2023

काठमाडौं । फरार रहेको टोपबहादुर रायमाझीले आफु बिरामी भएको संसद सचिवालयलाई जानकारी गराएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले उनलाई गत बुधबारदेखि खोज्दै आएको छ । तर उनलाई प्रहरीले हालसम्ममा पनि पक्राउ गर्न सकेको छैन् ।

यसै बीचमा फरार रहेका रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका हुन् । विरामी भएको जानकारी गराउँदै उनले विरामी विदा स्वीकृति गरिदिन समेत संसदमा आग्रह गरेका छन् ।

प्रकाशित मिति:May 10, 2023