आज केही स्थानमा वर्षा र हावाहुरीको सम्भावना

  Sampatti News Online

May 11, 2023

काठमाडौं– हाल देशमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव कायम रहेकाले बिहीवार गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक अथवा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । आज लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति:May 11, 2023