विपन्न परिवारको बिहेमा नगद सहयोग

  Sampatti News Online

May 11, 2023

रौतहट २८ बैशाख। रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमनि जैसवालले दलित तथा बिपन्न  परिवारलाई आर्थिक सहयोग गरेका छन।

मेयर जैसवालले गरेको चुनावी घोषणा अनुसार बुधबार गरिव-दलित परिवारको छोरीको बिहेमा राहत पुग्ने उदेश्यले  जनही २५ हजारको दरले सहयोग प्रदान गरिएको हो ।

गरुडा नगरपालिका ५ शिवनगर टोल बस्ने रामबाबु महरा, गंगाराम महराकी छोरी तथा मुकेश राम जिको बहिनीको बिहेमा हुने खर्चमा  राहत पुग्ने उदेश्य सहित ननगरपालिकाद्वारा रकम प्रदान गरिएको हो ।

अतिविप्पन तथा दलित गरिब परिवारको छोरीको विहेमा ठूलो आर्थिक समस्या हुने गरेको कारण नगरपालिकाले त्यस्ता परिवारलाई आर्थिक सहयोग गरेको मेयर जैसवालले जानकारी दिएका छन।

प्रकाशित मिति:May 11, 2023