गुजरा २ का मुसहर परिवारलाई निशुल्क विद्युत मीटर वितरण

  Sampatti News Online

May 11, 2023

जनकपुर २८ बैशाख । रौतहटको गुजरा नगरपालीका २ का मुसहर परिवारलाई निशुल्क विद्युत मीटर वितरणको प्रक्रिया सुरू भएको छ। वडा अध्यक्ष अशोक खान थारुले बिशेष सक्रियतामा निशुल्क विद्युत मीटरको लागि मंगलबार देखि  वडामा नाम संकलन सुरू गरिएको हो।

दुई दिनमा ७८ जना मुसहर परिवारको नाम संकलन भएकाे छ भने वडा २ मा १ सय परिवारको मुसहर वस्ति रहेको छ। अती विपन्न, सुकुम्बासी  मुसहर समुदायहरुलाई विधुत मिटर नभएर बति बाल्न कठिनाई भएको कारण नगरकाे सहयोगमा बिधुत प्राधिकरण संग समन्वय गरि नाम संकलन भएकाे हो।

गुजरा नगरपालीकामा पहिलोटक मूसहर समुदाय लाई  वडा २ को सहयाेगमा निशुल्क विद्युत मीटर वितरण गर्न लागिएको वडा अध्यक्ष अशोक खान थारुले बताएका छन। वडा २ पछि गुजरा बाँकी वडाका विपन्न मुसहर परिवारलाई निशुल्क विद्युत मीटर वितरण गर्ने योजना रहेको मेयर सन्तलाल चौधरीलाई बताएका छन।

प्रकाशित मिति:May 11, 2023