गौरका मेयरसाह द्धारा संस्कृत विद्यालय भवनको शिलान्यास

  Sampatti News Online

May 11, 2023

जनकपुर २८ बैशाख।

रौतहटको सदरमुकाम गौर नगरपालिकाका मेयर शम्भु साहले संस्कृत विद्यालय भवनको शिलान्यास गरेका छन।  मेयर साहले बुधवार बिधिवत रूपमा गौर २  संस्कृत विद्यालय अर्थात गुरुकुल भवनको शिलान्यास गरेका हुन। जुद्ध माध्यमिक विद्यालयको पश्चिम पटि उक्त विद्यापिठ भवनको शिलान्यास गरिएको हो। धार्मिक सांस्कृतिक मूल्य मान्याता एवम  नैतिक ब्यवहारहरुको संरक्षण गर्ने चुनावमा गरेको  प्रतिबद्धता अनूसार उक्त विद्यालय निर्माण भैरहेको मेयर साहले बताएका छन।

 शिलान्यास समारोहमा उदयशंकर झा, धन्नजय झा, राघवेन्द्र झा, गौरीकान्त मिश्र, वडा २ का अध्य्क्ष बिनोद जयसवाल, जयनारायण श्रीवास्तव, घनश्याम झा बाबा सीताराम दास, लगाएतको उपस्थिति रहेको थियो । सोहि अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरले वरिष्ठ नागरिकहरुलाई गमछा ओढाई सम्मान गरेका थिए । नगर विकास कोषको कुल ८० लाखको लागतमा निर्माण हुने उक्त भवनको प्रारम्भीक चरणमा १५ लाख रकम विनियोजन भएको अधिकृत ठाकुरले जानकारी दिएका छन।

प्रकाशित मिति:May 11, 2023