बिभिन्न दलका २५० जना आमजनता पार्टीेमा प्रवेस प्रभू द्वारा स्वागत

  Sampatti News Online

May 11, 2023

जनकपुर २७ बैशाख। प्रभू साह नेतृत्वकाे आमजनता पार्टीे सर्लाही जिल्ला कमिटीको आयोजनमा बयलबासमा बुधवार प्रथम जिल्ला भेला सम्पन्न भएकोे छ। पार्टीे केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री प्रभू साहको प्रमुख आतिथ्तामा भएकाे प्रथम जिल्ला भेलाले  देशमा भैईरहेको दलीय भागबन्डा, बेथिति र विभेदको विरुद्ध शशक्त संघर्ष गर्दै अगाडि बढ्ने निर्णय गर्दै सम्पन्न भएको हो।

उक्त अवसरमा समारोहमा सर्लाही १ का  सांसद प्रत्याशी एवं माओवादी केन्द्रका युवा नेता विन्दु शाह, ईश्वरपुर नगरपालिकाका मेयर प्रत्याशी एवं नेपाली कांग्रेसका नेता महेश साह, जसपाका सुरेश यादव, लोसपाका रामबाबू साह लगायत २५० जना नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गरेको आजापा नेता चन्द्रभुषण साहले बताएका छन।

दलिय भागबण्डा गरेर नेपाली जनता माथि शासन गरिरहेका काँग्रेस, एमाले, माओबादी लगायतका दल बाट मधेश र मधेशीले सम्मान तथा अधिकार नपाउने भन्दै आजपा प्रवेश गरेको बताएका थिए।

पार्टीे केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री प्रभू साहले नवप्रवेशी लाई टिका र माला लगाएर स्वागत् गरेका थिए।

वुधवारनै आमजनता पार्टीको रौतहटको चन्द्रनिाहपुरमा जिल्ला भेला सम्पन्न भएकोे थियो। भेलामा पार्टीे केन्द्रीय अध्यक्ष प्रभु साह, रौतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह, नेता पलट चौधरी लगायतकाले पार्टी सुदृढीकरण तथा सङ्गठन विस्तारमा जोर दिएका थिए।

प्रकाशित मिति:May 11, 2023