टीवी रिपोर्टर सिर्जना कारकिलाई रामा यादव स्मृती पत्रकारीता पुरस्कार 

  Sampatti News Online

May 11, 2023

रौतहट २८ वैशाख । रौतहटको सदरमुकाम गौर स्थित संचालित रेड टेलिभिजनकी संस्थापक स्वर्गीय रामा देवी यादवको पूण्यतीथिमा प्रदान गरिदैं आएको रामा यादव स्मृति पत्रकारिता पुरस्कार प्राईम टेलिभिजनका रिपोर्टर सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।

 रामा यादव स्मृति प्रतिष्ठानद्धारा विहिवार रेड टेलिभिजनको सभा हल मा आयोजित एक समारोह बीच आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रमुख रौतहटका सिडियाे धर्मेन्द्रकुमार मिश्रले संयुक्त रुपमा रिपोर्टर कार्कीलाई उक्त पुरस्कार राशी तथा प्रमाण पत्र प्रदान गरेका हुन।

सोही अवसरमा गत पोखराका पत्रकार अनिषा जयन्ती श्रेष्ठ लाई रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट टेलिभिजन का संयोजक जयप्रकाश यादवले नगद प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।

२६ हजार ५ रुपैया राशीको उक्त पत्रकारिता पुरस्कार स्वास्थ्य क्षेत्रमा रहेका विकृति एवं विसंगति हटाउनमा कलम चलाउने महिला पत्रकारलाई प्रदान गर्दै आएको बताइएको छ ।

कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कोरोना कालमा कतिपय संचारकर्मीहरुले ज्यान गुमाउनु परेको दुखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगति हटाउन  प्रयासरत पत्रकारका लागि उक्त पुरस्कार राम्रो अवसर प्रदान गरेको चर्चा गरेका थिए।

सिडियो मिश्रले तथ्यपरक समाचारको माध्यमले जनतालाई सुसूचित गर्नुका साथै समाजमा देखिएकाे बिकृति हटाउन पहल गर्न पत्रकार लाई सुझाव दिएका थिए।

 प्रतिष्ठानका संयोजक जयप्रकाश यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा, वरिष्ठ पत्रकार प्रभातकुमार झाले कोभिड कालको समयमा भएको क्षतिहरुको हाल सम्म राज्यबाट उचित सम्बोधन हुन नसकेको बताउँदै हाल बढेको फेसबुके पत्रकारिताको कुनै औचित्य नरहेको टिप्पणी गरेका थिए। कार्यक्रममा रौतहट प्रहरी प्रमूख एसपी विरबहादुर बुढा मगर, सशस्त्रका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका एसपी चन्दन झा, लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:May 11, 2023