ततमा समाज रौतहटको अध्यक्षमा रामबाबु दास निर्वाचीत

  Sampatti News Online

May 12, 2023

रौतहट २९ बैशाख। रौतहटको मध्यभाग कटहरिया स्थित बिवाह भवनमा सम्पन्न राष्ट्रीय ततमा समाज नेपालको सातौं जिल्ला अधिवेशनले रामबाबु दास ततमा लाई जिल्ला अध्यक्षमा निर्वाचीत गरेको छ। बुधवार अबेर राति सम्पन्न अधिवेशनको बंद सत्रले सर्वसहमतिमा  रामबाबु दासको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।  नवनिर्वाचित समाजको जिल्ला सचिव पदमा उमेश कुमार दास, कोषाध्यक्षमा दहाउर दास, त्यसैगरी सदस्यहरुमा रामपुकार दास, नथुनी दास, सुखल दास  सहित ५१ सदस्यीय कमिटी निर्वाचीत भएकाे अधिवेसनमा सहभागी मधेश प्रदेश दलित आयोग समितिका सदस्य राजकुमार दासलाई बताएका छन। 

राष्ट्रीय ततमा समाज नेपालको  केन्द्रिय अध्यक्ष राम आशिश दासको प्रमुख आतिथ्तामा सम्पन्न सातौं जिल्ला अधिवेसनमा, विशिष्ट अतिथि झगरु दास ,  राजकुमार दास, सिकिन्द्र दास , रामबाबु दास , शंकर दास , रामईश्वर दास लगायतले जातिय हकहितको बारेमा बोलेका थिए।अधिवेसनका वक्ताहरूले 

मधेस प्रदेशमा पिछडिएको समुदायका ततमा जाति पछिल्लो समय आफ्नो माग सम्बोधन र राज्यबाट पाउनु पर्ने अधिकारको लागि संगठित भएर आवाज उठाउन आग्रह गरेका थिए।  पहिचान र राज्यको मुलधारमा प्रतिनिधित्व गराउने, छुवाछुत, दाइजो, विपन्नता जस्ता कुरितिलाई निर्मुल पार्न सवलीकरण र सशक्तीकरणसहित शिक्षा, स्वास्थ्य र रोजगारीको लागि सरकार समक्ष आफ्ना मुद्दा उठान र पूरा गराउन सबै एकाहुनुको बिकल्प नरहेको बताएका

प्रकाशित मिति:May 12, 2023