गण्डकीमा मन्त्रिपरिषद बिस्तार हुँदै

  Sampatti News Online

May 12, 2023

गण्डकी प्रदेशको मन्त्रिपरिषद बिस्तार हुँदै छ। शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गर्न लागेका हुन्।

 गण्डकी प्रदेशमा यसअघिको मन्त्रालयको कार्य विभाजन हेरफेर भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैंसँग राखेका छन् । कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट छुट्याएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय बनाइएको छ ।

मन्त्रीहरुमा कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा र माओवादीबाट रेशमबहादुर जुग्जालीको नाम चर्चामा छ।

यता एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा भएपनी उनलाई नेतृत्व तहले उनको नाम सिफारिस गरिसकेको छैन्।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित मिति:May 12, 2023