कर्मचारीतन्त्रका कारण नेपालको विकास हुन सकेन: आरजु 

  Sampatti News Online

May 14, 2023

काठमाडाै । काँग्रेस नेतृ आरजु राणाले मुलुक कर्मचारीतन्त्रका कारण विकास हुन नसकेको बताएकी छिन् । उनले मुलुकको विकास हुन नसक्नुमा नेता नभइ कर्मचारीतन्त्र मुख्य कारण रहेको बताएकी हुन ।
बाँनियाले यो देश नेताकै कारण विकास भएन जस्तो लाग्दैन भन्ने जिज्ञासामा राणाले जबाफ दिएकी छिन्,यो देश नेताको कारण नभइ कर्मचारीतन्त्रका कारण विकास नभएको जिकिर गरेकी हुन ।

उनले छोरा जयवीरको कस्सम खाँदै भुटानी शरणार्थी प्रकरणमा एक रुपैंया घुस नखाएको जबाफ दिएकी छिन् ।उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै आर्थिक लाभ नलिएको दाबी गरेकी छन् । एउटा मान्छे देखाउनुहोस्, जसले आरजु राणा देउवालाई पैसा दिएँ भनोस् । उनले अगाडि थप्दै छोराकै कसम खाएर भन्छु, भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन ।

प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेलाई भेटन् रानीपोखरी वृत्त पुगेको जिज्ञासामा आफू पागल नभएको प्रतिक्रिया दिएकी छिन् । प्रहरी नियन्त्रणमा रहेका बालकृष्ण खाँणले प्रमाण चपाएर निलेको सन्दर्भमा आरजुले आफू कागज र घाँस खाने नभएको बताएकी छन् ।

टेकनारायण पाण्डेसँग भेटघाट भएको अर्काे जिज्ञासामा  भेट्न जानका लागि म पागल हो ?भन्दै प्रतिप्रश्न गरेकी छिन् । ६ करोड रुपैंया दिएको प्रकरणमा मञ्जु खाँणसँग जोडेर राखिएको जिज्ञासामा मञ्जु खाँण पार्टीको केन्द्रीय सदस्य रहेको,सँगै आफूसँगै नहुने र आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति:May 14, 2023