दार्चुलामा चट्याङ लागेर तिन जना घाइते

  Sampatti News Online

May 14, 2023

दार्चुला । यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा व्यास गाउँपालिका-२ हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना घाइते भएको प्रहरिले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।

उनका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको बताए ।

प्रकाशित मिति:May 14, 2023