रौतहटमा अनाथालयका बालबालिका संग मनाईयो  यूवा संघको ३४ स्थापना दिवस

  Sampatti News Online

May 16, 2023

रौतहट । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपालको ३४ औं स्थापना दिवस देशको विभिन्न ठाउमा आआफ्नो तरिकाले मनाएपनी रौतहटका पदाधिकारीहरु सोमवार अनाथालयका बालबालिकाका मनाएका छन।

युवा संघ रौतहटको जिल्ला अध्यक्ष मुन्ना यादवको पहलमा सोमवार सम्पूर्ण पदाधिकारीहरू गरुडा स्थित बंशिराम जैसवाल अनाथालयमा उपस्थित भएर अनाथालयका बालबालिकाका साथ यूवा संघको ३४ स्थापना दिवस मनाएको हो।

उक्त अवसरमा संघले चामल 2 कुन्टल,आलु 1 कुन्टल ,दाल एक बोरा, चिउरा, १ बोरा,भुजा चाउचाउ तेल 10 लिटर नुन लगायतका खाद्यान सामग्री अनाथालय लाई उपलब्ध गराएको अध्यक्ष यादवले बताएका छन।

पछील्लो समय रौतहटमा अधिकांस मानिसले आफ्नो जन्मदिन बंशिराम अनाथालयका बालबालिकाका साथ मनाउने र उनीहरूको लागि खाद्यान लगायत सामग्री प्रदान गर्ने गरेका छन।

प्रकाशित मिति:May 16, 2023