खुल्ला दिशामुक्त रौतहटको मुख्य व्यापारिक केन्द्र गरुडामा छैन सार्वजनिक शौचालय 

  Sampatti News Online

May 16, 2023

 मेयर यादवको कार्यकाल पुरा, जैसवालको कार्यकाल जारी

रौतहट २ जेठ। खुल्ला दिशामुक्त रौतहट जिल्लाको प्रमुख व्याारिक केन्द्रको रूपमा परिचित जिल्लाको मध्यभागमा पर्ने गरुडा बजारमा सार्वजनिक शौचालय नहँदा आगन्तुक लाई ठूलो शास्ती खेप्नुपरेको छ।

गरुडा बजारमा किनमेल गर्न आउने सर्वसाधारण देखी नगरपालिका तथा विभिन्न सरकारी कार्यालयमा काम विशेषले आउने सेवाग्राहि लाई सौच गर्न कठिनाइको सामना गर्नु परेको छ।

प्रत्येक सनिवार र मंगलबार गरी हप्तामा दुई पटक लाग्ने गरुडाका हाट बजारमा दैनिक उपभोग्य वस्तु खरिद गर्न आउनेको भीड लाग्ने गर्दछ। खासगरी गोरू,गाई, भैंसी खरिद बिक्री हुने बजारको नामले प्रखयात गरुडा बजारमा हाट लाग्ने दिन छिमेकि जिल्ला सर्लाही, बारा देखी सीमावर्ती भारतिय गाउँका सैयौ ब्यापारी तथा किसान पशू चौपाया खरीद बिक्रीको प्रयोजन ले आउने गर्दछन्। हाट बजारमा आउने मानिसलाई शौच लागेकाे अवस्थामा सबभन्दा बढी समस्या हुने गरेको छ।

बाहीर बाट आउने ब्यापारी तथा सेवाग्राहि शौच गर्न सरकारी कार्यालय अथवा होटलमा जाने गर्दछन। तर गरुडा बजारमा दैनीक उपभोग्य वस्तु खरीद बिक्री गर्न आउने ग्रामीणभेगका माहिला लाई शौचगर्न जानुपर्दा सबभन्दा ठूलो समस्या हुने गर्दछ , उनीहरू शौच गर्न होटल अथवा सरकारी कार्यालयमा प्रायः नगएर बजार वरपरको झाडी झ्याङ खोजेर जाने गर्दछन। यस्तो गर्मिको मौषममा झयाङमा जानु सर्प लगायत विभिन्न प्रकारको जोखिम भएपनि ती महिलाहरू जोखिम मोलेरै शौच गर्न जाने गर्दछन। यो समस्या आजको होईन दशकौं पुरानो समस्या हो।

बिगतमा गरुडा बजारमा मानिसको जनसंख्या कम हुँदा उनीहरुलाई खासै चुनौती थिएन तर पछिल्लो समय बढ्दो बस्तीको कारण समास्या थपिएको हो। हिजआज तरकारी बजार गरुडा बाट बाहीर छेउछाउ झयाङ खोज्न लामोदुरी हिँड्नु पारेको गुनासाे सुनिएको छ। गरुडा बजारमा काम विशेषले आउने अधिकांस मानीस शौच गर्न होटल अथवा सरकारी कार्यालयमा जाने गर्दछन। तर हाट बजारमा किनमेल गर्न आउने अधिकांस पुरूष तथा महिला शौच गर्न खुला स्थान र खाडी ज्याङ प्रयाेग गर्नेगरेको स्थानीय सञ्चारकर्मी राजेश्वर पाण्डेले बताएका छन।

शिक्षा, स्वास्थ , भौतिक पूर्वाधार निर्माणका साथै नागरिकको अती आवश्यक माग पुरा गर्नु स्थनियतहको पहिलो प्राथमिकतामा हुन पर्दछ।  तर गरुडा बजारमा सार्वजनिक शौचालय निर्माण गरुडा नगरपालिकाको प्राथमिकतामा कहिलै परेको देखिएन।  गरुडा नगरपालिकाका पूर्व मेयर ईन्दु यादवको सिंगो कार्यकालमा करोडौं करोडको विभिन्न कामहरू भए तर दैनीक सैयौं मानिसको अति आवश्यक सार्वजनिक शौचालय निर्माण हुनसकेन। पूर्व मेयर यादवको छिरा अनील यादवले गरुडा बजारमा सार्वजनिक शौचालय निर्माणको पहल भइरहेको बताएका थिए पछि जग्गा उपलब्ध नहुँदा रोकिएको जनाएका थिए। मेयर यादवले नगरपालिकाको लगानीमा जग्गा खरीद गरेर सार्वनिक शौचालय निर्माण गराउन सक्थे तर उनको प्राथमिकतामा नपरेर निर्माण हुन नसकेको स्थानियहरुको भनाई छ।

गरुडा नगरपालिकाका वर्तमान मेयर कन्थमनि जैसवालले पदभार ग्रहण गरेको झन्डै एकवर्ष पुरा हुनलागेको छ । तर गरुडा बजारमा भने हालसम्म सार्वजनिक शौचालय निर्माण हुनसकेको छैन अथवा उनको प्राथमिकतामा परेको देखिएन। मेयर जैसवाल संग सार्वजनिक शौचालय निर्माण बारे प्रतिक्रिया लिदाँ गरुडा बजारमा तत्काल घुम्ति शौचालयको व्यवस्था भैरहेको तथा स्थायी शौचालय निर्माणको लागि जग्गाको खोजी गरेर केहीसमय भित्रै निर्माण गराउने प्रतिबद्धता जनाएका छन। 

सञ्जय मिश्रा

प्रकाशित मिति:May 16, 2023