गरुडा र कटहरिया नगरपालिका द्वारा जग्गा वर्गीकरणको सिफारिस किता काटमा सहज हुने

  Sampatti News Online

May 17, 2023

रौतहट ३ जेठ। रौतहटको मध्यभाग गरुडा र कटहरिया नगरपालीकाले  भू उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको छ । भूउपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण सम्पन्न गरेको गरुडा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत भुदेव झाले बताएका छन।

नगर कार्यपालिका बोर्डको निर्णय अनूसार नगर क्षेत्र अन्तरगतको जग्गा लाई तीन श्रेणीमा विभाजित गरिन्छ। कृषि, उधोग र आवास क्षेत्रको जग्गा छुट्टाछट्टै वर्गीकरण गरिन्छ। नगर क्षेत्रको जग्गा क्षेत्रफल यकीन गरी तीन श्रेणीमा वर्गीकरण गरेर मालपोत कार्यालय र नापी कार्यालयमा लिखीत पत्र पठाईएको अधिकृत झाले जानकारी दिएका छन। 

वर्गीकरणको  अभावमा मालपोत तथा नापि कार्यलय द्वारा कीता काट रोक्का रहेका कारण जग्गाको कारोबार  अवरुद्ध भएकाे थियाे। वर्गीकरणको सिफारिस संगै किटा कात सुचारु भएपछि कारोवारमा सहजता हुने गरुडा नगरपालिका का मेयर कन्थमनी जैसवालले वताएका छन।

त्यसैगरी कटहरिया नगर क्षेत्र अन्तर्गतकाे सम्पूर्ण जग्गाको यकिन गरी तिनभागमा वर्गीकरण गरेर मालपोत कार्यालय र नापि कार्यालय मौलापुरमा पत्र पठाईएको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताएका छन। लामोसमय देखी 

जग्गा वर्गीकरण नभएको कारण किता काट नहुँदा जग्गा धितो राखेर ऋण समेत पाउन मुस्किल भएकाले पैसाको अभावमा विरामीको उपचार, बिहेवारि, छोराछोरीका पढाइ, अंशबन्डा जस्ता अत्यावश्यक कार्य समेत रोकिएको थियो।

प्रकाशित मिति:May 17, 2023