प्रदेश सांसद खातुन द्धारा विकास निर्माणमा तिब्रता

  Sampatti News Online

May 17, 2023

रौतहट ३ जेठ। रौतहट। मधेस प्रदेशकी सांसद जैनव खातुनले गृह जिल्ला रौतहटमा विकास निर्माणका कार्यलाई तिब्रता दिएकी छन। खासगरी संसदिय निर्वाचन क्षेत्र ३ अन्तर्गत  क निर्वाचन क्षेत्रमा प्रदेश सांसद खातुनले बिकास निर्माण कार्यमा तिब्रता दिएकी हुन। नेकपा एमालेको सिफारिसमा  सांसद भए पछि  बिकास निर्माणका लागि गरेको चुनावी  प्रतिबद्धता पूरा गर्न सांसद खातुनले क्षेत्रमा बिकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेको बताइन।

सुखी नेपाली समृद नेपाल परिकल्पना लाई साकार पार्न एमालेको  संगठनलाई थप मजबूत बनाउन नेता कार्यकर्तालाई सुझाव दिईन । 

सांसद खातुनले हालै एक कार्यक्रमका बिच आफ्नो निर्वाचन क्षेत्रको फतुवा विजयपुर नगरपालिका वडा नं ५ सन्तपुर दोस्तियामा  सडक निर्माण कार्यको शिलान्यास गरेकी छन।

सांसद खातुनले फतुवा विजयपुर र कटहरिया नगरपालिकाको विभिन्न वडामा नयाँ सड्क निकासा र सडक मर्मत तथा ढलान कार्यमा ६९ लाख, मन्दिर निर्माण तथा मर्मत सम्भारमा १० लाख, जनजगाह ६ लाख, र चौतारा निर्माणमा १० लाखको लागतमा  आफ्नो संसदीय कोष मार्फत एक करोडको लागतमा निर्माण कार्य भई रहेको प्रदेश सांसद् जैनव खातुनको स्वकीय सचिव मोमताजराय भाटले जानकारी दिएका छन् । शिलान्यास भएपछि स्थानीयबासी धेरै हर्सित भएका छन।

प्रकाशित मिति:May 17, 2023