महिला नेतृ झाको पहलमा ५ जना अग्निपीडितको घर निर्माण हुँदै 

  Sampatti News Online

May 18, 2023

रौतहट ४ जेठ। महिला नेतृ अञ्जु झाको पहलमा रौतहट स्थित ५ जना अग्निपीडित को घर निर्माण हुनलागेको छ। नेतृ झाको पहलमा जिल्लाको दक्षिणीभेग शिनाथ नगरपालिका स्थित अति विपन्न ५ जना अग्निपीडित परिवारको घर निर्माण हुनलागेको हो। ईषानाथ नगरपालीकाको मेयर प्रत्यासी समेत रहेकी झाले देश बिदेश रहेका मनकारी व्यक्तित्व संग अनुराेध गरी जुटाइएको रकम बाट उनीहरूको घर निर्माण गर्न सुरू गरिएको हो।

ईश्णाथ ८ का बिगन साह, हरिशंकर साह, हरिश्चन्द्र साह, सुरेश साह र चन्द्रिका साहलाई आर्थीक सहयोग गरी घर निर्माण गराउन सुरू गरिएको नेतृ झाले बताएकी छन। घर निर्माण गर्न लागेका पाँचैजना पीडितलाई तीन किस्तामा जनाहि १ लाख ५० हजार रुपैयाँको दरले सहयोग हुने छ। घरको जग सुरूगर्दा ५० हजारको दरले उनीहरूको बैंक खातामा पठाउने, माथी पिलर सहित दिवाल उठाउँदा थप ५० हजार र छत अथवा कर्कट राख्ने क्रममा ५० हजार गरी कूल १ लाख ५० हजार अर्थात सबैको गरी ७ लाख ५० हजार रुपैयाँ सहयोग गर्न लागेका महिला नेतृ झाले जानकारी दिएकि छिन। झन्डै २ महिना अघि भएको आगलागीको घटनामा उनीहरुको घर तथा बन्दोबस्तीका सामान जलेर लाखौंको क्षति भएको थियो। घटना भएको महिनौं बित्दा पनि उनीहरूको घर निर्माण गर्न स्थानिय तह लगायत कूनै संघ संस्थाले सक्रियता नदेखाए पछी आफूले व्यक्तिगत रूपमा पहल गरेको मेयर प्रत्यासी अञ्जु झले स्पष्ट पारेकी छिन।

नेतृ झाको कदमको पालिकाबासिले खुलेरै सराहना गरिरहेका छन।

नेपाली कांग्रेसको प्रदेश कमिटी सदस्य झा गत स्थानीय निर्वाचनमा ईषनाठ नगरपालीकामा नेपाली कांग्रेसको टीकट बाट  मेयर पदमा चुनाव लडेकी थिइन्।

प्रकाशित मिति:May 18, 2023