गरुडाका मेयर जैसवाल द्वारा स्वास्थ प्रयोगशाला उदघाटन

  Sampatti News Online

May 18, 2023

रौतहट ४  जेठ। रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थामनि जैसवालले स्वास्थ प्रयोगशालाको उदघाटन गरेका छन। मेयर जैसवालले वुधवार एक समारोह बीच 

 गरुडा नगरपालिका ४ गरुडा स्थित स्वास्थ प्रयोगशालाको बिधिवत रूपमा उदघाटन गरेका हुन।   प्रयोगशाला सञ्चालन पछी नगरवासीलाई स्वास्थ समस्या भएमा रगत, पिसाब लगायत विभिन्न प्रकारका जाँच गराउन सहज हुने मेयर जैसवालले बिश्वाश लिएका छन । नागरीकको जनस्वास्थ्य मानवसंग प्रत्यक्ष जोडिएकाले गरुडा नगरपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको मेयर जैसवालले बताएका छन।

प्रकाशित मिति:May 18, 2023