शरणार्थी प्रकरणमा दोषी नउम्किउन् र निर्दोष नपरुन्: प्रधानमन्त्री दाहाल

  Sampatti News Online

May 18, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषि जुनसुकै तहका व्यक्ति भएपनि कानूनी कारबाहीको दायरामा ल्याइने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरमार्फत सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दोषी जुनसुकै तहका पदाधिकारी तथा व्यक्ति भएपनि कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताएका हुन ।

उनले प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धानमा हालसम्म कुनैपनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने नगरिने बताए । उनले दोषी नउम्किउन् र निर्दोष नपरुन् भन्नेमा सरकारको जोड रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले प्रहरीले स्वतन्त्र र निष्पक्ष छानबिनको प्रक्रिया अगाडी बढाइराखेको जानकारी गराए । उनले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याएर मात्रै सुशासनको नयाँ प्रक्रियाको थालनी गर्न सकिन्छ भन्नेमा सरकारको विश्वास रहेको बताए ।

प्रकाशित मिति:May 18, 2023