खोलामा डुबेर बालकको मृत्यु

  Sampatti News Online

May 18, 2023

दाङ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेका प्रहरीले जनाएको छ ।

बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने  क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए ।

लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको बालक बोहराको उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

प्रकाशित मिति:May 18, 2023