वडा कार्यालय निर्माणका लागि कुशवाहद्वारा २० लाखको जग्गादान

  Sampatti News Online

May 19, 2023

रौतहट, ५ जेठ। रौतहटको पूर्विभेज माधव नारायण नगरपालिकाका एकजना वडा अध्यक्षले वडा कार्यालय भवन निर्माणका लागी २० लाख रुपैयाँ पर्ने जग्गा दान गरेका छन। माधव नारायण ८ का वडा अध्यक्ष योगेन्द्र प्रसाद कुशवाहाले कार्यालय भवन निर्माणको लागि २० लाख रुपैयाँ पर्ने १६ धुर जग्गा दान दिएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताएका छन।

दान दिईएको वडा ८ पिप्रा रजवाडामा वडा कार्यालयको भवन निर्माणका लागि शिलान्यास समेत भएको छ । माधव नारायण नगरप्रमुख बैजनाथ प्रसाद यादव र वडा  अध्यक्ष  कुशवाहाले ले संयुक्तिरुपमा  शिलान्यास गरेका छ्न । शिलान्यास समारोहमा नगर प्रमुख  यादव, वडा अध्यक्ष कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत यादव , प्रशासन शाखा प्रमुख पृथ्वी यादव लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति:May 19, 2023