गरुडाका मेयर जैसवाल द्वारा फुलमत माई मन्दिरको सिलान्यास

  Sampatti News Online

May 21, 2023

रौतहट ७ जेठ। रौतहट जिल्लाको गरुडा नगरपालिकाको मेयर कन्थमनि प्रसाद जैसवालले जनताकाे माग अनुसार सनिवार फूलमत माई मन्दिरको सिलान्यास गरेका छन। 

मेयर जैसवालले गरुडा नगरपालिकाको ७ भिमडावर गाउँमा एक समारोहका बीच उक्त मन्दिरको सिलान्यास गरेका हुन। नगर विकास कोषको कूल  ५ लाख रुपैयाको लागतमा मन्दिर निर्माण हुने प्रमूख प्रशासकीय अधिकृत भुदेव झाले बताएका छन।  जैसवालले गरुडा नगरपालिकाको मेयरको जिम्मेवारी लिएपछि जनचाहना अनुसारको विकास निर्माणको काम गर्दै आएका छन।

प्रकाशित मिति:May 21, 2023