सशस्त्र प्रहरी द्वारा ढुंगामुनि लुकाएर लाँदैगरेकाे काठ सहित ट्याक्टर पक्राउ

  Sampatti News Online

May 21, 2023

रौतहट ७ जेठ । रौतहट स्थित ढुंगामुनी लुकाएर लादैगरेको सालको गोलिया काठ सहितको ट्याक्टर सशस्त्र प्रहरीले बरामद गरेको छ । चन्द्रपुर नगरपालिका ३ को गैडाटारबाट लोड गरेर वडा १०  बालचनपुर लाँदै गरेको अवस्थामा ना ४त ८३६६ नम्बरको ट्रेक्टर  सशस्त प्रहरीको टोलिले बरामद गरेको  हो ।

बालचनपुरका चिरानमिल संचालक मुकेश साहले ५ थान सालको गोलिया ढुङ्गा मुनी लुकाएर ट्रेक्टरलोड लाँदैगरेको सूचनाको आधारमा सन्तपुर स्थित सशस्त्र बेसकाको  प टोलीले  बरामद गरेको हो । बरामद काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रेक्टरचालक चन्द्रपुर १० का २३ बर्षका फिरोज मन्सुरी पक्राउपरेको तथा ट्याक्टर धनी चिरान मिल संचालक मुकेश साह सशस्त्र प्रहरीलाई देख्ना साथ फरार भएकाे थियाे ।  बरामद ५० क्युफिट सालको गोलिया काठ, ट्रेक्टर र चालक नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमूख सुनील कर्णले जानकारी दिएका छन । साहले यस अघि त्यसैगरी ढुङ्गा मुनी लुकाएर सालको काठ पटकपटक लागेको स्थानीयले बताएका छन।

प्रकाशित मिति:May 21, 2023