१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

  Sampatti News Online

May 24, 2023

मोरङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३, खोरियाटोल बस्ने २० वर्षीय नवीन महरा रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महराले ती बालिकालाई आफ्नै घरको कोठाभित्र लगेर बलात्कार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति:May 24, 2023