शिक्षा,स्वास्थ्य,सडक संजाल प्राथमिकतामा  चौधरी

  Sampatti News Online

May 25, 2023

रौतहट ११ जेठ। मधेश प्रदेशका सांसद तथा पुर्ब मन्त्री केशव राय चौधरीको नेतृत्वमा एकैपटक ६ वटा योजनाको काम भैरहेका छ।

रौतहट क्षेत्र ३ का बाट निर्वाचीत प्रदेश सांसद चौधरीको संसदिय विकास कोषको रकम मध्ये कूल १ करोड १० लाख रुपैयाँको लागतमा उक्त योजनाहरू अगाडी बढेको हो। २५ लाख रुपैयाँको लागतमा गुजरा नगरपालीका १ कोठीयार गाउँको मुल सडक निर्माण तथा मर्मतको काम शुरू भएको छ।२५ लाख रुपैयाँको लागतमा गुजरा ७ बीरेन्द्र आधारभूत विद्यालय औरहिडिह परसवाको कम्पाउन्ड वाल तथा घेरावेरा ,२० लाखको लागतमा फतुवा विजयपुर ९ लक्षमीनीया गाउँको मुल बाटो मर्मत भईरहेको छ।

त्यसैगरी १० लाखको लागतमा गुजरा ६ बेदौलीमा बाटो निर्माण,र ३० लाखको लागतमा खतवहियामा नाला तथा बाटो निर्माणको काम भईरहेको पुर्ब मन्त्री चौधरीले बताएका छन। छुट्टाछट्टै कार्यक्रमको आयोजना गरी प्रदेश सांसद चौधरीले उक्त योजनाहरुको शिलन्यास गरेका थिए। संसदिय विकास कोषको रकम बाट हुने अन्य केहि कामको बारेमा छलफल, निर्णय लगायतको प्रक्रियामा रहेको छ।

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्नु पहिलो प्राथमिकतामा रहेकाे छ। त्यसमा पनि शिक्षा, स्वास्थ,र सडक संजाल लाई ग्राह्यता दिईएको प्रदेश सांसद केशव राय चौधरीले जानकारी दिएका छन। गत संसदीय निर्वाचनमा प्रभु साहको स्वतन्त्र टिम बाट उमेद्वारी दिएर विजयी भएका उनि निर्वाचन को केहि समय पश्चात नेकपा एमालेमा प्रवेश गरेको जनकपुर बाट प्रकाशित हुने आजको मधेश दृष्टि दैनिक पत्रीकामा प्रकाशित गरीएको छ।

प्रकाशित मिति:May 25, 2023