पूर्वराजा ज्ञानेन्द्र सक्रिय हुँदै

  Sampatti News Online

May 26, 2023

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुँदै अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छन् । उनलाई जनताले अभिनन्दन पनि गरिरहेका छन् ।

कार्यक्रममा सहभागी भएर राजनीतिक व्यवस्थामाथि पनि टिप्पणी गर्न थालेका छन् । देशका विभिन्न ठाउँमा जानेक्रममा पूर्वराज शाह शनिबार (भोलि) नागरिक अभिनन्दनमा सहभागी हुन कर्णाली प्रदेशको राजधानी सुर्खेत विरेन्द्रनगर जाँदैछन् ।

केही महिनाअघि भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथसँग भेटघाट गरेका शाह पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट र छलफलमा रहेका छन् ।

नेपालमा २४० वर्षसम्म सक्रिय रहेको राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भइसकेको छ । तर अहिले पूर्वराजाले अफ्नो सक्रियता बढाउँदै राजनीतिक टिप्पणी गर्नुले उनी फेरि राजतन्त्र फर्काउन उद्यत भएका हुन् कि भन्ने आशंका गर्न थालिएको छ ।

प्रकाशित मिति:May 26, 2023