मोटरसाइकल दुर्घटना हुदाँ २ जना युवकको मृत्यु

  Sampatti News Online

May 26, 2023

सप्तरी । छिन्नामस्ता गाउँपालिका ३ सखडामा आज (शुक्रवार) मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ, भने एकजना घाईते भएका छ्न् ।

मोटरसाईकल दुर्घटनामा स्थानीय जोगेन्द्र यादवको छोरा बर्ष १८ को श्याम कुमार यादव र सोही ठाउँका रघुवर खंगको छोरा बर्ष ३० को विकास कुमार खंगको घटनास्थलमै मृत्यु भएको छ।

भने, दुर्घटनामा स्थानीय लाल बहादुर खंगको छोरा २३ बर्षको अजय कुमार खंग घाईते भएका छ्न् । सखडा तर्फ जाँदै गरेको प्र—२—०१—००२ प २५६० नम्बरको मोटरसाइकलमा ३ जना सवार अनियंत्रित भई सखडा भन्दा ५ सय मिटर अगाडि नर्सिङ थान छेउमा दुर्घटना भएको वडा अध्यक्ष विजय यादवले जानकारी दिए ।

मृतक दुबैजनाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको तथा घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

घाइते अजय खंगको स्थानीय अस्पतालमा उपाचार भईरहेको तथा उनको अबस्था सामान्य रहेको स्थानिय जयप्रकाश यादवले जानकारी दिए ।

प्रकाशित मिति:May 26, 2023