गौरका मेयर शम्भू साह द्धारा १ बर्षको उपलब्धि सार्वजनिक

  Sampatti News Online

May 28, 2023

राैतहट। कार्य सम्पादन तथा मूल्याङ्कनको आधारमा मधेश प्रदेशमै उत्कृष्ट गाैर नगरपालिकाका शम्भु साहले एक बर्षे उपलब्धि सार्बजनिक गरेका छन । शुक्रवार गौर नगरालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी मेयर साहले नगर विकास कोष, संघ र प्रदेशको याेजना तथा कामहरू बारे छुट्टाछट्टै जानकारी दिएका थिए। गौर नगरपालिकामा १ बर्षको अवधीमा पुँजीगत १३ करोड, राजश्व बाट ७ करोड गरी  कुल २० करोड बजेट मध्ये पुँजीगत तर्फ ५१.४२ प्रतिशत, चालुतर्फ ७१.६ प्रतिशत कुल ६२.३९ प्रतिशत खर्च भएको मेयर साहले सार्वजनिक गरेका थिए। मेयर साहले नगर विकास कोषको लगानीमा सो अवघिमा  बर्षाे देखिको अलपत्र सडक नाला तथा विधालय भवन वनाएको बताए। एक वर्षे कार्यकालमा नगर भरीमा ३ किलोमिटर  आरसिसि सडक ढलान ,३ किलो मिटर नाला ,१ किलो मिटर सडक ग्रावेल र १ किलो मिटर नया सडक ट्रायक खोलेको बताए   । उनले १० लाख माथिको १६ योजना तथा सो मुनीको दर्जनौं योजनाको काम भईरहेको बताए। गौर नगरपालिकाको धरोहरको रुपमा रहेको राइस मिलको जग्गा अधिग्रहणको लागि नगर विकास कोषको ५ करोड रुपैयाँ छुट्टै कोषमा रहेकाे मेयर साहले जानकारी दिएका थिए।

नगरप्रमुख साहले टाउन हल, विवाह मन्डप, स्मार्ट सिटि अन्तरगत  विभित्र बाटाे बन्दै गरेकाे बताए ।झुलुङ्गे पुल , कलाकुन्ज पुस्तकालय , क्भर्ट नाला ,  विधुत पाेल  ,वानेश्वर मन्दिर 

 राम जानकि मन्दिर, विभिन्न विधालयमा  तल्ला थप गराउने काम लगायत संघ बाट १२ तथा प्रदेश सरकार बाट १४ योजनाको काम भईरहेको बताए। गरेकाे बताए । ।मधेस प्रदेशमा न्युनतम सर्त मापन कार्यमा मधेस प्रदेसको१ सय  ३६ स्थानिय तहमा मा पहिलो  भएको जानकारी समेत उनले गराए । नगरपालिकाबाट सञ्चालित क्षेत्रगत योजनाहरु भौतिक पूर्वाधार तर्फ एक वर्ष देखि अलपत्र रहेके गौर २ अन्तर्गत पर्ने शिवराज मुखियाको घरदेखि शान्ता चलचित्र मन्दिरसम्मको सडक तथा नाला निर्माण गरिएको,कृषि विकास बैंकदेखि शिवालय मन्दिरसम्म सडक तथा नाला निर्माण, गौर  ४ मा वर्षौंदेखि अतिक्रमण गरी राखेको लाल बकैया नदी टतबन्धको अधिकार क्षेत्रको जग्गा अतिक्रमण मुक्त गराई गौर  २ को महादेव स्थानदेखि गौर ४ को सावणांमाई मन्दिरसम्म वैकल्पिक बाटोको रुपमा निर्माण कार्य गराईएको ,टिभी एसयूहेल्भिटासबाट ब्लैक लिस्टेड योजनाको रूपमा रहेको गौर बरहवा खोलामा फेब्रिकेटेड झलुङ्गे पुलको यसै आर्थिक वर्षमा काम सुचारु गर्न लगाई निर्माण सम्पन्न पश्चात उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएको, गौर  २ वानेश्वरनाथ मन्दिर नजिक लाल बकैया नदीमा रु ४ करोड २९ लाखको लागतमा झुलुड़े पुलको निर्माणको लागि बोलपत्रका माध्यमबाट ठेक्का सम्झौता तथा शिलान्यासको काम सम्पन्न भई निर्माण कार्य सञ्चालन हुन लागेको, गौर २ मा विवाह मण्डप सहितको सामुदायिक भवन निर्माणको कार्य अगाडि बढाईएको प्रगति प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी हिंसा पिडित महिलाहरुको व्यवस्थापनका लागि गौर १ मा आश्रय स्थल निर्माण कार्य अगाडि बढाईएको,गौर ८ र ९ जोड्ने तथा कृषी क्षेत्रमा समेत टेवा पुग्ने उदेश्य राखी काली मन्दिरदेखि सेना क्याम्पसम्म सडक ढलानको कार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको,वर्षौदेखि कच्ची सडककै रुपमा रहेको तथा नालाको अभावमा वर्षातमा दुबान जस्तै हुने गौर ५ को कोईरी टोल अन्तर्गत पर्ने ब्रह्मदेव महतोको घरदेखि सिकिन्द्र कुशवाहाको घर हुँदै शोभाकान्त ठाकुरको घरसम्म रु ४६ लाख ७१ हजारको लागतमा सडक ढलान तथा नाला निर्माण गरिएको ,संघ, प्रदेश तथा स्थानीय सरकारबाट वेवास्ता गरिदै आएको गौर ४ गढवा टोलको चित्रगुप्त नगरदेखि गढ़वा उतरी सीमाना सम्म सडक ढलान र नाला निर्माणको कार्य प्रारम्भ गरी अन्तिम चरणको अवस्थामा रहेको ।

ऐतिहासिक महत्व बोकेको देशकै पुरानो कलाकुञ्ज पुस्तकालयको अधुरो भवन निर्माणको काम अगाडि बढाईएको । गौर नगरपालिका तथा राजदेवी नगरपालिका जोड्न गौर बरहवा खोलामा पुल कल्भर्ट निर्माणको काम अगाडि बढाईएको उल्लेख छ ।त्यस्तै आधारभुत विधालय महादेवपट्टीमा विधालय भवनको निर्माण कार्य सम्पन्न गरिएको ,गौर  ९ मा मुस्लीम समुदायको कब्रगाह जाने पक्की बाटो निर्माण गरिएको ,गौर  ३ मा चन्देश्वर राउतको घरदेखि पोखरिया टोला जाने सडकसम्म सडक तथा नाला निर्माणको काम सम्पन्न गराईएको ,गौर र टिकुलिया जोड्ने पुरानो अतिक्रमित बाटोलाई अतिक्रमण मुक्त गराई सडक निर्माणको काम सम्पन्न गरिएको लगायतको विभिन्न योजनाहरुबारे उल्लेख रहेको छ । मधेस प्रदेशमा न्युनतम सर्त मापन कार्यमा मधेस प्रदेसको १ सय छतिसमा पहिलो भएको जानकारी समेत उनले गराए । सो अवसरमा नगर उपप्रमुख शैलदेवी , निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर , नगर प्रवक्ता अर्जुन सिह सहितका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

सञ्जय मिश्रा

प्रकाशित मिति:May 28, 2023