विद्युत प्राधिकरण गौरका कर्मचारीले अपहरण शैली अपनाएको गुनासो

  Sampatti News Online

May 28, 2023

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिकको पूर्व मेयर अजय कुमार गुप्ताले नेपाल विद्युत प्राधिकरण गौरका कर्मचारीले अपहरण शैली अपनाएको गुनासो गरेका छन।

मूख्य मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्तामा गौर स्थित शुक्रवार एक समारोहका बीच एमाले नेता गुप्ताले विद्युत चुवाहट नियन्त्रण गर्नु प्राधिकारणको दाईत्व हो त्यसमा हस्तक्षेप गर्नुपनि हुँदैन ।तर विद्युत चुवाहट नियन्त्रणको नाउँमा घरका सबै सदस्य सुतेको अबस्थामा ढोका फोडेर कसैलाई अपहरण शैलीमा उठाएर लैजान सरासार अन्याय हो गुप्ताले बताए। यदि कोई कसैले विद्युत चुवाहट गर्छ भने स्थानीय जनप्रतिनिधिको रोहवारमा त्यसलाई पक्राउ गर्नु कार्वाही गर्नुपर्छ। तर सशस्त्र प्रहरीको आडमा कसैकाे आफन्त आईरहेको समय घारमा विशेष कार्यक्रम भएकाे समय मध्यराति उठाएर लैजानु अधिकार कुनै कानुनले दिएको छैन। यदी यस्तै रवैया रहेमा आफू लगायत सिंगो संगठन चूप लागेर नबस्ने पूर्व मेयर अजय कुमार गुप्ताले चेतावनि दिएका थिए।

एउटा सामान्य परिवारमा वर्षभरि विजुली बालेमा २०_२५ हजार भन्दा बढी विद्युत महसूल उठ्दैन। तर नेपाल विद्युत प्राधिकरण गौरका चुवाहत नियन्त्रण टोलिले समातेर ल्याउने मानिस संग ५० देखि ७५ हजार रुपैयाँ जरिबाना लिनेगरेको बताए। यस्ताे गतिबिधि नियन्त्रण गर्न गुप्ताले कार्यक्रममा सहभागी मूख्य मन्त्री यादव र सिडियो धर्मेन्द्र कुमार मिश्रको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति:May 28, 2023