नेपाल भेटेरिनरी एसोसिएसनमा नयाँ नेतृत्व

  Sampatti News Online

May 28, 2023

काठमाडौँ । पशुचिकित्सकहरूको संस्था नेपाल भेटेरिनरी एसोसिएसनको राष्ट्रिय सम्मेलन तथा साधारण सभा काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले डा. रामकृष्ण खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. अशेष भट्टराई, महासचिव डा. केदार सुवेदी, सचिव डा. शंकर न्यौपाने, कोषाध्यक्ष डा. माननन्धर सिकेस निर्वाचित हुन भएको छ । सदस्यमा डा. सुमित शर्मा पौडेल, डा. शत्रुघन शाह, डा. नवीन पन्थी, डा. निकेश खनाल डा. मलिशा श्रेष्ठ र डा. लोकेन्द्र न्यौपाने रहनुभएको छ ।

सार्वजनिक स्वास्थ्य, शिक्षा, रेफरल अभ्यास, संरक्षणमा औषधि वा भेटेरिनरी व्यवसायमा संलग्न पशु चिकित्सकको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषज्ञहरूले पशु चिकित्सा सम्बन्धी नवीन जानकारी दिएका थिए । अधिवेशनले नेटवर्किङ जारी राख्न विशेष सम्मेलन प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति:May 28, 2023