साहित्यिक पत्रकार संघले समालोचक र समीक्षकलाई सम्मान गर्ने

  Sampatti News Online

May 28, 2023

काठमाडौं । पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुई समालोचक र दुई समीक्षकलाई सम्मानित गरिने भएको छ ।

साहित्यिक पत्रकार संघले स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा सो सम्मान प्रदान गर्ने घोषणा गरेको हो । संघले ‘सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान–२०७९’बाट अग्रज वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीलाई सम्मानित गरिने छ । ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान–२०७९’बाट समीक्षकहरु ज्ञानु अधिकारी र छविरमण सिलवाललाई सम्मानित गर्ने निर्णय संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले छ ।

वरिष्ठ साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदनू संयोजक, हिरण्यकुमारी पाठक र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिको सिफारिसका आधारमा सो निर्णय गरिएको अध्यक्ष लेकालीले बताउनुभयो । पुस्तक समालोचना र समीक्षामा सम्मानको घोषणा सम्भवत पहिलो हो ।

प्रकाशित मिति:May 28, 2023