नेपाल भारत द्विपक्षीय सम्झौता, तल्लो अरुणबाट नेपालले १४० मेगावाट विद्युत पाउने

  Sampatti News Online

June 1, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा केही द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीचको भेटवार्तापछि विहीबार ती सम्झौता गरिएका हुन् ।
नेपाल भारत पारवहन सम्झौता नवीकरण गर्न तथा सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउन भारत सहमत भएको छ ।त्यस्तै, सिलिगुडीबाट झापा सम्म पु¥याउने सहमति भएको छ ।

त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति गरिएको छ ।
६६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४०।४९ बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता ९पीडीए० भएको हो । भारतीय कम्पनी सतलज जलविद्युत् निगम९एसजेभीएन०ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको हो ।

प्रकाशित मिति:June 1, 2023